भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचालन
बाजुराको खप्तडे छेडेदहमा रहेको देवस्थली माध्यमिक विद्यालयमा भूकम्पले चिराचिरा परेको जीर्ण भवनमा पठनपाठन हुदैं आएको छ । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ माटेसाँघुमा रहेको विद्यालयमा कक्षाकोठा अभावमा पठनपाठनमा सास्ती खेप्दै आएको छ । गत बर्षको असोज १६ गते बझाङको चैनपुर आसपास केन्द्र बिन्दु बनाएर गएको भूकम्पले विद्यालयको भवन चिराचिरा भएर जीर्ण बनेपछि पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ । कक्षाकोठा अभावले जीर्ण भवनको एउटै कोठामा इसिडी, एक र ६ कक्षाका विद्यार्थीहरुलाई सँगै राखेर पठनपाठन गर्नुपर्ने बाध्यता छ ।
विद्यालयमा बस्ने बेच्न, बनाइएका कक्षा कोठा, विद्यालयको कार्यालयको व्यवस्थापन, खेल्ने चौर र अन्य संरचनाको अवस्था हेर्दा पशु चौपाया बाँध्ने गोठ भन्दा तल्लो अवस्थाको रहेको स्थानीयको भनाइ छ । जनप्रतिनिधि भने विद्यालयमा निर्माणाधिन पक्की भवन बनेपछि कक्षाकोठाको अभाव नहुने र थप व्यवस्थापनका लागि प्रयास भैरहेको बताउछन ।
अहिले विद्यालय एक पक्की भवन र भूकम्पले जीर्ण भनेका दुई कच्ची टिनले छाएको भवन भएकाले एउटै कोठामा तीन कक्षाका विद्यार्थीहरु सँगै राखेर पठनपाठन हुने गरेको छ । कक्षा १० सम्म दुई सय १९ विद्यार्थी भर्ना भएपनि भवन र्जिण हुँदा पचास साठी जना मात्रै नियमित विद्यालय पुग्ने गरेका छन । विद्यालयमा दुई करोड बढीको लागतमा २०७७ सालमा ठेक्का सम्झौता गरेको पक्की भवन निर्माण पनि पूरा भएको छैन ।
प्रतिक्रिया