पश्चिम नेपालकै व्यापारिक केन्द्र बाँकेमा उद्योगहरु थपिदै

पश्चिम नेपालकै व्यापारिक केन्द्र बाँकेमा एकपछि अर्काे उद्योग थपिदै गएका छन् । सोही क्रममा बाँकेको राप्तीसोनारी गाँउपालिका २ महेन्द्रनगरमा एक्सिलेन्ट पेपर मिल सञ्चालनमा आएको छ । उद्योगबाट दैनिक २ टन  फाइल र बोर्ड उत्पादन गर्ने लक्ष्य छ । भविष्यमा वाटर ट्रिटमेन्ट प्लान्ट, बायो प्लान्ट, वाटर रिकभरी प्लान्ट , मेशिन प्लान्ट र डाइजेस्ट प्लान्ट थपेर विभिन्न आकारका कागज उत्पादन गर्ने लक्ष्य राखिएको छ । 
पब्लिक कम्पनीको रूपमा स्थापित भएको मिलको स्थायित्वका लागि लुम्बिनी प्रदेश सरकारले अभिभावकत्व लिने जनाएको छ । 
पेपर मिलले खेर गएका कागज, कपडा देखि बावियो , बाँस र पराल जस्ता वस्तुवाट कागज उत्पादन गर्न सके देशमै रोजगारीको अवसर दिन सक्ने देखिन्छ । कम्पनीले पछिल्लो समय ३ करोड ९१ लाखको चुक्ता शेयर निस्काशन गरि हाल दैनिक २५ टन रिसाइकल ह्याण्डमेट पेपरको उत्पादन र बजारीकरणको लक्ष्य राखेको छ ।। 
 

प्रतिक्रिया