सुशील प्याकुरेलद्धारा दक्षिण कोरियाको राजदूत बन्न अस्वीकार

मानव अधिकारवादी नेता सुशील प्याकुरेलले  कोरियाका लागि नेपाली राजदूत बन्न अस्वीकार गरेका छन् । बिना सल्लाह आफ्नो नाममा निर्णय भएको भन्दै प्याकुरेलले दक्षिण कोरियाको लागि राजदूतका सिफारिस प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । उनले पद अस्वीकार गर्दै सरकारको प्रचलनबाट आफू आश्चर्यचकित भएको बताएका छन् ।
शुक्रबार मन्त्रिपरिषद्को बैठकले ८ देशका लागि राजदूत सिफारिस गरेको थियो, जसमा प्याकुरेललाई दक्षिण कोरियाका लागि प्रस्ताव गरिएको थियो ।
 

प्रतिक्रिया