मापसे गरेर संसदमा आउने सांसदलाई निलम्बन गर्नुपर्छ: जितजंग बस्नेत

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले संसद्‍मा मादकपदार्थ सेवन गरी आउने सांसदलाई ६ महिना निलम्बन गर्न माग गरेका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै बस्नेतले केही दिनअघि प्रतिनिधि सभा बैठकमा सांसदले पुरुष सांसद संसद्‍मा मादक पदार्थ सेवा गरी आएको कुरा उठाएको भन्दै संसद्को अनुशासनको कुरा गरेर आफैँ अनुशासनहीन काम गर्ने सांसदलाई ६ महिनाको निलम्बन गरिनुपर्ने बताएका हुन् ।

केही दिनअघि प्रतिनिधि सभा बैठकमा मापसे गरेर सांसद आउने गरेको विषय उठेको थियो। आइतबारको राष्ट्रिय सभा बैठकमा उक्त विषयप्रति लक्षित गर्दै उनले मापसे गरेर आउने सांसदलाई छ महिना निलम्बन गरिनुपर्ने बताए।

‘प्रतिनिधि सभामा सांसदले रक्सी खाएर बैठकमा उपस्थित भएको विषय उठेको रहेछ। यदि त्यसो हो भने ६ महिना निलम्बन गरिनुपर्छ,’ उनले भने।

 उनले बजेटले कर्मचारीको तलब भत्ता नबढाएको धेरै भएको उल्लेख गर्दै कर्मचारीको तलब बढाउन नितान्त आवश्यक रहेको बताए । उनले भ्रष्टाचार र कालोबजारी रोक्न नसक्ने तर कर्मचारीको तलब नबढाउने भन्ने कुरा जायज नरहेको बताए ।

प्रतिक्रिया