माग सुनुवाइ नभए तेस्रो चरणको आन्दोलन थाल्ने संसद् सचिवालयका कर्मचारीको चेतावनी

संघीय संसद् सचिवालयका कर्मचारीले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन आज गरेका छन् । केहीदिनयता विभिन्न मागसहित आन्दोलन गरिरहेका कर्मचारीहरू संसद भवनअगाडि हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन । कर्मचारी प्रशासन नियमावली २०६५ लाई अद्यावधिक गर्नुपर्ने, अतिरिक्त समयको प्रोत्साहन भत्ता दिनुपर्नेलगायतका माग उनीहरूको छ । करारका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने माग पनि उनीहरूको छ ।माग सुनुवाइ नभए तेस्रो चरणको आन्दोलन थाल्ने कर्मचारीको चेतावनी छ ।
 

प्रतिक्रिया