टेरामक्स खरिद प्रकरणमा अर्बौ रुपैया अनियमितता, आरोपीमाथि विशेषमा मुद्दा दर्ता हुँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा भएको अर्बौ रुपैया अनियमितता प्रकरणमा अनुसन्धान टुंग्याएको छ । निर्णय प्रक्रियामा संलग्नहरुमाथि आजै विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी छ । शुक्रवार नै आयोगको बैठकले मुद्दा लैजाने निर्णय गरेको बताइएको छ । तत्कालिन मन्त्रीहरु ज्ञानेन्द्रवहादुर कार्की र मोहन बस्नेतमाथि मुद्दा चल्ने सम्भावना रहेको छ । तत्कालीन सन्चार सचिव र हालका मुख्य सचिव बैकुण्ठ अर्यालसहित प्राधिकरणका संलग्न अधिकारीमाथि मुद्दा चलाउने अख्तियारको तयारी छ । यो प्रकरणमा डेढ दर्जनभन्दा बढी व्यत्तिक्तविरुद्ध मुद्दा दर्ता हुने सम्भावना छ । विभिन्न मुलुकबाट नेपाल भित्रिने कलबाट हुने राजस्वको अनुगमन गर्न अनि इन्टरनेट खपतको अनुगमन गर्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रणाली खरिद प्रक्रिया थालेको थियो । यसमा अर्बौको अनियमितता भएको अख्तियारको निष्कर्ष छ । यसको पहिलो निर्णय मोहन बस्नेत सन्चारमन्त्री भएकाले बेला गरिएको थियो । तत्कालीन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि टेरामक्स प्रविधि आयातका लागि पुरानो निर्णयलाई निरन्तरता दिंदै बजेट स्वीकृत गरेका थिए । 

प्रतिक्रिया