अमेरिकाको अर्कान्ससस्थित सुपरमार्केटमा बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली प्रहार, तीनजनाको मृत्यु

काठमाडौ । अमेरिकाको अर्कान्ससस्थित एक सुपरमार्केटमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जना सर्वसाधारणको मृत्यु भएको छ । घटनामा दुई पुलिस अधिकारी सहित अन्य १० जना घाइते भएका छन । सुपर मार्केटमा भएको अन्धाधुन्ध गोली प्रहरपछि बन्दुकधारीको प्रहरीसँग भएको दोहोरो भिडन्तको क्रममा बन्दुकधारी समेत घाइते भएका छन ।  घाइते भएकै क्रममा प्रहरीले उनलाई पक्राउ गरेको छ । सुपर मार्केटस्थित मासु पसललक्षित बन्दुकधारीले आक्रमण गरेको बताइएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया