मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर मेयर बालेन शाह स्वदेश फिर्ता

काठमाडौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह स्वदेश फर्किएका छन् । उनी  मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर  आज स्वदेश फर्किएका हुन् । बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए । निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते भएको थियो । बैठकमा प्रमुख शाहले ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’मा छलफल गरेका थिए । स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति वहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले ठूला सहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्नेमा जोड दिएका छन् । बैठकमा सहरी आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज बसोबाससँग सम्बन्धित विषयमा छलफल भएको मेयर शाहको भनाई छ । मेट्रोपोलिसमा विश्वका ठूला १५० भन्दा धेरै महानगरहरुको आवद्धता रहेको छ । 

प्रतिक्रिया