राजदूत नियुक्ती सिफारिस गर्न मन्त्रिपरिषदको बैठक बस्दै

एमालेलाई आठ, रास्वपालाई दुई र माओवादीलाई एक देश भागबण्डा

नयाँ राजदूत नियुक्तीको सिफारिस गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बिहीबार सत्तारूढ तीन शीर्ष दलबीच रिक्त एघार देशको राजदूतमा भागबन्डा मिलेपछि आज अपरान्ह चार बजे बैठक बस्न लागेको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच हिजो बसेको बैठकले राजदूतमा भागबण्डा मिलाएको हो । सहमति अनुसार एमालेलाई ८, रास्वपालाई २ र माओवादीले १ देशको राजदूत पाउने सहमति बनेको हो ।  सत्ता समीकरण फेरिएपछि कांग्रेस र जसपाको कोटाबाट नियुक्त भएका ११ देशका राजदूतलाई सरकारले जेठ २४ गते फिर्ता बोलाउने निर्णय गरेको थियो । 
 

प्रतिक्रिया