सरकारले भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि दुग्ध किसानको आन्दोलन स्थगित

सरकारले रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि दुग्ध किसानले आन्दोलन स्थगित गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रसँग हिजो भएको छलफलपछि आन्दोलन स्थगित भएको हो । छलफलमा किसानको बक्यौता भुक्तानीका लागि समिति गठन गरी १५ दिनभित्र रकम भुक्तानी गर्ने सहमति भएको छ । दुग्ध किसानसमेत रहने गरी समिति गठन हुने निर्णय भएको र तत्कालका लागि आन्दोलन फिर्ता लिइएको केन्द्रीय दुग्ध सहकारी संघले जनाएको छ । समयमा समस्या समाधान नभए फेरि आन्दोलनलाई निरन्तरता दिने किसानको चेतावनी छ । ६ लाख दुग्ध किसानले ७ महिनादेखिको भुक्तानी पाएका छैनन् । ६ लाख दुग्ध किसानले ७ महिनादेखिको भुक्तानी पाएका छैननरु। डीडीसी र निजी डेरी उद्योगबाट गरी किसानले उठाउनुपर्ने रकम ५ अर्बभन्दा बढी भइसकेको छरु। त्यसमध्ये डीडीसीको मात्र २ देखि साढे २ अर्ब रुपैयाँ पुगिसकेको संघले जनाएको छरु। भुक्तानी दिलाउन सरकार र डेरी उद्योगीबीच गत मंसिर २६ मा बक्यौता भुक्तानी गर्ने सहमति भएको थियोरु। तर कार्यान्वयन नभएपछि फागुन १९ मा अर्को सम्झौता भएको थियोरु। ०८० पुससम्मको बक्यौता चैत २१ सम्म दिइसक्नुपर्ने पछिल्लो सहमति पनि कार्यान्वयन नभएपछि किसान आन्दोलनमा उत्रिएका थिए । 
 

प्रतिक्रिया