कोपा अमेरिका फुटबलमा साविक विजेता अर्जेन्टिनाको विजयी सुरुवात

क्यानडा दुई शुन्यले पराजित

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । आज विहान भएको उदघाटन खेलमा क्यानाडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिनाले विजयी सुरुवात गरेको हो । अर्जेन्टिनाका लागि ४९ औं मिनेटमा जुलिएन अल्भारेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । अर्जेन्टिनाको लागि ८८ औ मिनेटमा मार्टिनेजले गोल गरे । १६ टिम सहभागी कोपामा चार समूह बनाइएको छ । १५ पटकको विजेता अर्जेन्टिनाले  समूह एमा पहिलो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यो समूहमा पेरु र चिली रहेका छन् । क्यानडाको अर्को खेल बुधवार पेरुसँग हुनेछ भने सोही दिन अर्जेन्टिनाले चिलीसँग खेल्नेछ । जुन २९ मा समूह चरणको खेलमा क्यानडाले चिली र अर्जेन्टिनाले पेरुसँग खेल्नेछन् । यस संस्करणमा १० दक्षिण अमेरिकी टोलीहरूसहित उत्तर र मध्य अमेरिका र क्यारेबियनका ६ टोलीहरु समावेश गरिएका छन् । 

प्रतिक्रिया