शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने मन्त्री श्रेष्ठको दाबी

शैक्षिक क्षेत्र सुधारको लागि अनुसन्धानलाई तिब्रता दिएको जिकिर

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलिय राजनीतिककरण अन्त्य गरेरै छोड्ने बताएका छन् । शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले शिक्षामा दलिय राजनीतिकरण अन्त्य गर्ने कार्यको थलनी गरेको जिकिर गरिन । उनले शिक्षकले कुनैपनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेण्डा लागू गरेर छोड्ने बताएकी छन् । अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्रुयता त्याग गरेका मन्त्री श्रेष्ठको दाबी छ । उनले सय दिनको उपलब्धीमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको , ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गरिन् । 
मन्त्री श्रेष्ठले मुलुकको क्षिक्षा क्षेत्र सुधारको लागि विभिन्न समयमा भएका अनियमितामा आयोगहरुले गरेको प्रतिवेदन खोल्ने र अनुसन्धान प्रक्रियाको थालनी भएको बताइन् । 
 

प्रतिक्रिया