सिंहको जस्तो मुटु भएको गृह मन्त्रीलाई फाइल खोल्न केले रोक्यो ?- सांसद थानी

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले गृहमन्त्री रवि लामिछानेले सत्तामा बसेर फाइल खोल्छु भनेर कांग्रेसलाई धम्काएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले भ्रष्टाचारका फाइल खोल्न केले रोक्यो भन्दै प्रश्न गरे।उनले भने, ‘तपाईंले तीन वटा फाइल खोल्यो भने अधिकांश नेताहरु जेलमा हुन्छन्, संसदमा हुँदैन भन्नुहुन्थ्यो । मुटु सिंहको जस्तो हुनुपर्छ फिस्टाको जस्तो होइन भन्नुहुन्थ्यो । तीन वटा फाइल के हो रु तपाईंले बताइदिनु पर्छ । भन्न सक्नुहुन्छ रु किन ढिलो गर्नुभएको छ फाइल खोल्न रु सिंहको मुटु भएको मान्छे के कारणले सुतिराख्नु भएको छ । सत्तामा बसेकाहरु सल्लाह गरेर कांग्रेसलाई धम्काइराख्नुभएको होला भन्ने मेरो अनुमान छ ।’
उनले जीबी राई आकाशमा होस् कि पातालमा होस्, समातेर ल्याउँछु भन्ने गृहमन्त्रीले अहिलेसम्म किन पक्राउ नगरेको भन्दै प्रश्न सोधे ।

यद्यपि उनले गृहमन्त्री लामिछानेमा अझै केही गरौं भन्ने हुटहुटी रहेको आफूले देखेको बताए ।

प्रतिक्रिया