संसद सचिवालयका कर्मचारीद्वारा महासचिवको कार्यकक्ष घेराउ

संघीय संसद सचिवालयका कर्मचारीहरुले संसदका महासचिवको कार्यकक्ष घेराउ गर्दै बिरोध गरेका छन् । संसद भवन नयाँ बानेश्वरस्थित संसदका महासचिव पद्यप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै उनीले संसदमा अतिरिक्त समयमा काम गरेबापतको सेवा सुविधा व्यवस्था गर्न माग गरेका हुन् । कर्मचारीहरुले आन्दोलनका क्रममा हातमा कालोपट्टीसमेत बाँधेर बिरोध जनाएका थिए । उनीहरुले संसदमा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरेको भत्ता लगायत सेवा सुविधाहरु थप गर्न माग गर्दै उनीहरुले बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन् । 
संसद सचिवालयका कर्मचारीहरु ११ बुँदे मागसहित आन्दोलनमा छन् । सभाम्ुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसहित संसदका राजनीतिक दलका प्रमुख सचेतकहरुले सोमवार कर्मचारीहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया