प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली बनाउन संसदमा लिङ्देनको प्रस्ताव

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन यो राज्य संरचना र निर्वाचन प्रणाली देशले धेरै थेग्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै निर्वाचन प्रणाली परिवर्तन गर्न प्रस्ताव गरे ।

उनले भने, ‘सांसदले मन्त्री हुने व्यवस्था जब रहीराख्छ अर्को चुनाव जित्नुपर्ने पिर र दबाब हुन्छ । फेरि मन्त्री हुनुपर्ने हुन्छ । त्यसको लागि निर्वाचन क्षेत्रमा केन्द्रित हुनुपर्‍यो । प्रधानमन्त्री पनि निर्वाचन क्षेत्रमै केन्द्रित हुनुपर्‍यो । त्यसैले मन्त्री र प्रधानमन्त्री एउटा निर्वाचन क्षेत्रको हुन्छ । त्यसैले सांसद मन्त्री हुने होइन, विधि निर्माता भएर बस्ने, र जनताले सोझै निर्वाचित गर्ने प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्छ ।’

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएपछि सरकार ढाल्ने खेलको पनि अन्त्य हुने बताए ।

उनले अगाडि भने, ‘अहिले मन्त्रीज्यूहरूले जुन काम गर्नुभएको छ । हामीले यो प्रणालीमाथि पहिल्यैदेखि औंला ठड्याउने काम गरिरहेका थियौं त्यसलाई पुष्टि गर्छ । बजेट बनाउन जुन प्रकारको मनपरी गर्नुभो त्यसको कुनै आपत्ति छैन । तपाईंहरूलाई त धन्यवाद दिनुपर्छ, किनभने यो व्यवस्था, निर्वाचन प्रणाली, यो राज्य संरचना काम लाग्दैन भनेर हामीले भनिरहेका छौं पुष्टि गर्नुभएको छ । यसलाई चाँडो भत्काउन सहयोग गरिराख्नुभएको छ ।’

उनले खर्चको भारी प्रदेश खारेज गरेर स्थानीय तहलाई बलियो बनाउन माग गरे ।

प्रतिक्रिया