भौतिकमन्त्रीमाथि ज्ञानेन्द्र शाहीको आक्रोश: कर्णालीलाई विभेद गर्न पाइदैन !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले बजेटमा कर्णालाई विभेद गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै भौतिकमन्त्री नेपालको हो कि धनुषाको रु भन्दै प्रश्न गरे ।
उनले हावामा बोलेको नभै आफुसंग  डाटा रहेको बताउँदै  संसदमा कर्णालीलाई अपमान हुन्छ भने आफ्नै भाषा निर्माण गर्न चुनौती दिए ।  । उनले भने,  'यो कर्णालीबाट आएको भाषा हो । धनुषाको ३ र ४ नम्बर क्षेत्रमा भौतिक मन्त्रालयले ८ अर्ब ७७ करोड ४ लाख बजेट विनियोजन गरेको छ । झापामा ६ अर्ब ७० करोड गरेको छ । टोटल गरेर १५ अर्ब ४७ करोड ४९ लाख झापा र धनुषामा विनियोजन गर्नुभएको छ । तर, कर्णालीको १० वटा जिल्लामा ७ अर्ब ३६ करोड ४८ लाख १४ हजारमात्रै !’

उनले भौतिकमन्त्री झापा र धनुषाको हो कि नेपालको भन्दै प्रश्न दोहोर्‍याउँदै कर्णालीलाई विभेद गर्न नपाइने बताए ।

प्रतिक्रिया