रुसी राष्ट्रपति पुटिन आज उत्तर कोरिया भ्रमणमा निस्कदै

दुई मुलुकविच हतियार खरिद बिक्री सम्झौता हुने आंकलन

File Pictule

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘मैत्रीपूर्ण’ भ्रमणका क्रममा आज उत्तर कोरिया जाँदैछन । रुसको दुर्लभ विदेश भ्रमणमा उत्तर कोरियाका नेता किम जोङ उनलाई आतिथ्यता गरेको नौ महिनापछि पुटिनको भ्रमण हुन लागेको हो । राष्ट्रपति पुटिनले दुई दिन उत्तर कोरियाको मैत्रीपूर्ण राजकीय भ्रमण गर्न लागेका हुन ।  त्यसपछि उनले भियतनामको भ्रमण गर्ने तालिका छ । चौबिस वर्षअघि राष्ट्रपति बने लगत्तै किम जोङ उनका पिता किम जोङ इलसँग भेट्न गरेको भ्रमणपछि पुटिनको दोस्रो उत्तर कोरिया भ्रमण हो । युक्रेनविरुद्ध लडन उत्तर कोरियासँग गोलाबारुद माग गरिरहेको समयमा भ्रमण हुन लागेको हो ।  पश्चिमी मुलुकहरू, दक्षिण कोरिया र किएभले उत्तर कोरियामाथि राष्ट्रसंघीय प्रतिबन्धको उल्लङ्घन गर्दै युक्रेनमा प्रयोगका लागि मस्कोमा हतियार पठाएको आरोप लगाएका छन् । बदलामा रुसले प्योङयाङलाई उसको उपग्रह कार्यक्रमका लागि प्राविधिक सहायता प्रदान गरेको र खाद्यान्नको सङ्कटग्रस्त मुलुकलाई सहायता पठाएको वासिङ्टन र सोलले बताएका छन् । 

प्रतिक्रिया