टी–ट्वान्टी क्रिकेट:  वेस्ट इन्डिजद्धारा अफगानिस्तान १०४ रनले पराजित

आयोजक वेस्ट इन्डिज समूह विजेता बन्दै आईसीसी टी–२० विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा आयोजक वेस्ट इन्डिजले अफगानिस्तानमाथि १ सय ४ रनको फराकिलो जित निकालेको हो । वेस्ट इन्डिजले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६.२ ओभरमा १ सय १४ रन बनाउँदा अलआउट भएको हो । अफगानिस्तानका लागि इब्राहिम जड्रानले बनाएको ३८, अजमतुल्लाह ओमरजाइले २३, कप्तान रासिद खानले १८ र करिम जनतले १४ रन बनाए । वेस्टइन्डिजका लागि ओवेद मोकेले ३ विकेट लिए । त्यस्तै अकिल हुसेनले २ विकेट लिँदा गुडकेस मोतिले पनि २ विकेट लिए । आन्द्रे रशेल र अलजारी जोशेफले १÷१ विकेट लिए ।सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १८ रन जोडेको थियो । उसका लागि निकोलस पुरनले ९८, जोनसन चाल्र्सले ४३  र कप्तान रोभमन पोवेलले २६ र साइ होपले २५ रन बनाए । अफगानिस्तानका लागि गुलबदिन नइबले २ विकेट लिँदा अजमतुल्लाह उमरजाइ र नवीन उल हकले एक एक विकेट लिए । योसँगै नवौँ विश्वकपमा समूह चरणको खेल पनि सकिएको छ । अन्तिम आठमा पुग्ने आठवटै टोलीको टुंगो लागिसकेको छ । 
 

प्रतिक्रिया