रंगेलीका अतिविपन्न महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाइ तालिम

रंगेलीका अतिविपन्न महिलालाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले पहल थालेको हो । सोही क्रममा वडा कार्यालयले महिलाहरू का लागि सिलाई कटाइ तालिम प्रदान गरेको छ । चैत्र २५ गते देखि बैैैशाख १६ गते सम्म ४५ दिने एड्भान्स सिलाई कटाईले आफुहरुलाई आत्मनिर्भर बनाउन सहयोग गरेको महिलाहरुले बताएका छन । गाउँघरमाा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास समेत उनीहरुमा बढेको छ ।
गत बर्ष सामान्य तालिम दिएकोमा यो बर्ष विशिष्ट किसिमको तालिम दिइएको हो । ४५ दिनको अवधिमा सहभागीहरुले ब्लाउज, साया हाते व्याग, बालबालिका हरुको भोटो,सट लगायतका सामग्री बनाउन सिकेका छन । नगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया