दार्जिलिङमा रेल र मालबहाक गाडी ठक्कर खाँदा ५ जनाको मृत्यु

पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा रोकिराखेको रेललाई मालगाडीले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा २० जना घाइते भएका छन् । यात्रुवाहक रेलको ३ ओटा डब्बा लिक बाहिर झरेको छ । रेल अगरतलाबाट सियालदह जाँदै थियो । घटना पश्चिम बङ्गालको रंगापानी र निजबाडी स्टेसनको बिचमा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

प्रतिक्रिया