ट्यांकर चालक संघका प्रतिनिधि र सरकारी अधिकारीविच वार्ता सुरु

ट्यांकरचालक संघको आन्दोलनका कारण आपूर्ति रोकिएपछि सरकारले बार्ता सुरु गरेको छ । सिंहदबारमा संघका प्रतिनिधि र सरकारी अधिकारीविच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता सुरु भएको हो । चालक आन्दोलित हुँदा काठमाडौं उपत्यकाको पेट्रोलियम पदार्थ आपूर्ति प्रभावित भएको छ । आइतबार केही सीमित पम्पमा लाइन देखिएपनि आज भने  बिहानैदेखि निजी बन्द छन् । सरकारी पम्पहरुमा सवारीको लामो लाइन लागेको छ । पेट्रोलियम ट्यांकरचालकहरु सात बुँदे माग राखेर आइतबारदेखि आन्दोलन थालेका हुन । सबै चालक, सहचालकलाई श्रम ऐनअनुसार नियुक्तिपत्र दिनुपर्ने, नेपाल सरकारले तोकेअनुसारको तलब व्यवस्था गरिनुपर्ने, स्वरोजगारीको हकमा मात्र लागु दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज हुनुपर्ने, तापक्रमको सही व्यवस्थापन, सामाजिक सुरक्षा कोषमा आबद्ध गराइनुपर्ने, जोखिम भत्ता दिनुपर्ने लगायत माग उनीहरुले राखेका छन । चालकहरुले जेठ ३२ देखि कालो मट्टी बाँधेर आन्दोलन थालेका उनीहरूले असार १ मा ट्यांकरमा कालो झण्डा राखेका थिए । हिजोदेखि पूर्णरूपमा काम छाडेर गाडीको साँचो ट्यांकर धनीलाई बुझाएका छन् ।
 

प्रतिक्रिया