यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुखसहित ५ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुखसहित ५ जनालाई पक्राउ गरेको छ । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी गरेको आरोपमा उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्प्युटर अधिकृत पदमराज आचार्य, तत्कालीन यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत सुवास पौडेल, यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत सहायक कम्प्युटर अपरेटर राजेश लम्साल र यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर दिलीपकुमार साह पक्राउ परेका हुन् । उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद लिई लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ । उनीहरुले फर्जी विवरणहरु ईन्ट्री गरी सोका आधारमा गैरकानूनी तवरले सवारीचालक अनुमतिपत्र जारी भएको पाइएको सीआईबीले जनाएको छ ।
 

प्रतिक्रिया