६ किलो सुनसहित काठमाडौंमा चिनिया तस्कर पक्राउ

४८ लाख रुपैयाँ समेत बरामद

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित गएराति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेका चिनियाँको विवरण सार्वजनिक गरिएको छैन । सुनको तौल परीक्षण लगायतको काम भैरहेको प्रहरीले जनाएको छ ।  पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति रहेको बताइएको छ । त्यसैगरी सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा दुई जना पक्राउ परेका छन । उनीहरुलाई नेपाल ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।। 

प्रतिक्रिया