वर्तमान सत्ता समीकरणमा खटपट छैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले  वर्तमान सत्ता समीकरणमा खटपट नआएको बताएका छन् ।  भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी  गर्दै प्रधानमन्त्री दाहालले सत्तासमीकरणबारे बाहिर आएको कुरामा सत्यता नभएको दावी गरेका हुन । बजेटका सन्दर्भमा सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीको असन्तुष्टि सामान्य भएको बताउँदै प्रधानमन्त्री दाहालले समीकरण निरन्तर रहने बताए । 
प्रधानमन्त्री दाहालले कतिपय सन्दर्भमा मिडियामा आएका कुरामा सत्यता नभएको भन्दै समिकरण निरन्तर अघि बढने बताए । गोजिमा राजीनामा पत्र राखेर हिँडेको रास्वपाका मन्त्रीको भनाईलाई इंगित गर्दै प्रधानमन्त्री दाहालले त्यो पहिचानको लागि मात्रै भनेको जिकिर गरे । सरकारको निरन्तरतामा कुनै असर नभएको उनको भनाइ छ । रास्वाले पहिचानको लागि भन्नैपर्ने आवश्यकता होला भन्ने बुझेको उनको भनाइ छ । सरकारको गतिविधि चित्त बुझ्दो भएको बताउँदै आवश्यकता अनुसार अझ काम गर्न बाँकी रहेको उनको भनाइ छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम जनता र राष्ट्रको पक्षमा आएको बताए ।
 

प्रतिक्रिया