जर्मनी भ्रमणमा रहेका राष्ट्रपति पौडेल र समकक्षी फ्रान्क वाल्टररबीच भेटवार्ता

जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल र समकक्षी फ्रान्क वाल्टर स्टिनमेयरबीच आज भेटवार्ता हुदैछ । स्टिनमेयरको औपचारिक निमन्त्रणामा राष्ट्रपति पौडेल स्विट्जरल्यान्डको जेनेभाबाट जर्मनी पुगेका हुन् ।
अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी कार्यक्रममा सहभागिता जनाएर पौडेल शनिबार राति जर्मनी पुगेका थिए । आज हुने औपचारिक भेटवार्तामा दुई नेताबीच आपसी हित र सहकार्यका विषयमा छलफल हुने बर्लिनस्थित नेपाल दूतावासले जनाएको छ । कार्यकारी तहको भ्रमण नभएकाले मैत्रीपूर्ण भेटघाट बाहेकका अन्य एजेन्डा नभएको परराष्ट्र मन्त्रालय जनाएको छ ।राष्ट्रप्रमुखको तहबाट ३८ वर्षपछि राष्ट्रपति पौडेलले जर्मनीको औपचारिक भ्रमण गरेका हुन् । नेपालबाट पहिलोपटक सन् १९८६ मा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यले राजकीय भ्रमण गरेका थिए । त्यसयता नेपालबाट राष्ट्रप्रमुखको तहबाट औपचारिक भ्रमण हुन सकेको थिएन । 

प्रतिक्रिया