आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद, हर्षोल्लास पूर्वक मनाउदै

मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठूलो चाड बकर इद इदुल जोह आज देशभर मनाइँदै छ । आज बिहानै मुस्लिम धर्मावलम्वीहरुले शुद्ध भइ नजिकैको मस्जिद वा इदगाहमा गइ सामुहिक नमाज पढी एक आपसमा मित्रवत रुपमा शुभकामना साटासाट गरेका छन् । काठमाडौंको जामे मस्जिद लगायतका विभिन्न मस्जिदहरुमा मुस्लिम धर्मावलम्वीहरुको भीड छ । उनीहरुले एक आपसमा शुभकामना साटासाट गरी बकर इद मनाइरहेका छन् । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।।

प्रतिक्रिया