नेपालले टि ट्वान्टी विश्वकप जितविहीन यात्राका रूपमा टुंगियो

लगातार दोस्रो खेलमा पनि मध्यम स्कोर पछ्याउन नसकेपछि नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा जितविहीन यात्राका रूपमा टुंगाएको छ । बंगलादेशले आज नेपाललाई २१ रनले पराजित गरेको हो । १ सय ७ रनको लक्ष्य लिएर आएको नेपाल १९ दशमलब २ ओभरमा ८५ रनमा अलआउट भएको हो ।  विश्वकप क्रिकेटमा डिफेन्ड गरिएको सबैभन्दा कम स्कोरको लक्ष्यपनि नेपालले पूरा गर्न नसकेको हो । नेपालका लागि कुशल मल्लले २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २५ जोडे ।  आशिफ शेख १७ रनमा आउट हुँदा अन्य खेलाडले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका लागि तन्जिम हसन सकिबले चार, मुस्ताफिजुर रहमानले तीन, सकीब अल हसनले दुई विकेट लिँदा सकीब अल हसनले समान एक विकेट लिए । त्यसअघि सान्ट भिनसेन्टको एरोन भाले ग्राउन्डमा टस हारेर पहिला ब्याटिङमा तानिएको बंगलादेश १९.३ ओभरमा अलआउट भएर १०६ रन बनायो । उसका लागि उसका लागि सकिब अल हसनले सर्वाधिक १७ रन बनाए । ममदुल्लाह र रिसद हुसेनले समान १३–१३ रन बनाउँदा जकिर अलि १२ र लिट्टन दासले १० रन बताए । नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहित पौडेलले समान दुई–दुई विकेट लिए । समूह चरणका चार खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित हुँदा श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । अर्को खेलमा श्रीलङ्काले नेदरल्याण्ड्सलाई ८३ रनको फराकिलो अन्तरले हराउँदै सुखद् अन्त्य गरेको छ । जितका लागि दुई सय २ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १६ ओभर ४ बलमा एक सय १८ रनमै अलआउट भएको हो । यसैविच सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । टी–२० विश्वकपमा समूह ‘ए’ बाट भारत र अमेरिका, ‘बी’ बाट अस्ट्रेलिया र इङ्ग्ल्यान्ड, ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र बङ्ग्लादेश सुपर आठमा पुगेका छन । दोस्रो चरणको खेल आउँदो बुधवारदेखि शुरु हुनेछ । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
 

प्रतिक्रिया