ताप्लेजुङमा पहिरोले दर्जनौँ परिवार विस्थापित
![](https://snowberry.prixacdn.net/media/gallery_folder/taplejung-lanslide_a55QLUhOqO_LbmMuqUWfc_x5ij7an2kvxejetee0dmyszrtp9x8rrrubzi0wdw1v2kypnjmffiqdrbhnib_hriSMRoHE9_hfltmciw1y5re0ykxbx20uinqvrd3msgqmqbdsjwxgdyyttecnovac32il9j.jpg)
निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गत बुधबार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् । यस्तै, सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा शनिबार गएको पहिरोले छ परिवार विस्थापित भएका छन् । मामाङ्खे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवारले विस्थापित हुनुपरेको छ । मामाङ्खेकै थबाबुकका ख्यालमान लिम्बू र वीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार विस्थापित भएको जनाइएको छ । गत बुधबारयता ताप्लेजुङमा पहिरोमा परी पाँचजनाको मृत्यु भइसकेको छ भने ५५ पशु चौपाया मरेका छन् ।
![बढ्यो सेयर बजार, नेप्सेमा ५.६० अंकको वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_pRp9earaE7_uwutmfkjemudzkmjv7bkqhdoa8iwalst0j2v9lwx0guokqyvp4cginfznlww_MBGrqHL5fr_a33zgmhmpnj1qip9tnw7aoom6r6mvgqpsolc9bww4nbmr9yi4bgv3nfhpdbe_N1RJmPn8ef_4zbmdpbnkxrqesqjtvw83auddf26nrfmf9jdmpaescw2k0kutmesqh8roh96_wUDFo2hxj7_tbluhnsmolxgtgdn5yqzvrjz2bqcu0aaugk2ij4zybvvan00xb3y8iqdrdd9_9ofHzu8a5x_dtkbd9hrn7vu1ajgqtnsgxulpyvl8o0kf6rkjuxzpzyn1qal7kby7tyo4zci_gcW2TuGwQP_mfwc5i22ybx7talhzaiuvz5si3xxsliu5rdpo3v5h0shqbsyhsqceej1pisb_j0JQd8v3IV_uoyiawk1on4qq05jgmc83mmqnaphv2cqbw30f66gzovrizcwk03wzgozvjlb.jpg)
बढ्यो सेयर बजार, नेप्सेमा ५.६० अंकको वृद्धि
आयकर ऐनको दफा ५७ लगानी प्रोत्साहनका लागि संशोधन गरिएको अर्थमन्त्रीको स्पष्टिकरण
विनियोजित शीर्षकमाथिको खर्च कटौतीका प्रस्ताव बहुमतबाट अस्वीकृत
![परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन नेपालद्वारा चीनसामू प्रस्ताव](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-china-meeting_R80AviocaE_Tasr1fjbhM_jn8ad1FYEd_wyvnoji1xn3apj2h0dkhovx8etl0ywipyohmlctx3fq7rm1nlnisvbqeppih_r9L1fWq7L2_pdwh6dfr8gwi237pnzcmzqgzswmugvt7zv8rqwxxizlmeukieuq8h2gaxhwr_YgkYAESmmx_alooxjf5m0hfty5jbypcjtjofxdjddk9awbzssrp2y3ipvorwcxxwi5plhlz_TcUfYW9JWI_f41qpk0su4y2ifzbhw85vglunzyecpt0ny5ejljo6mhwuyp89womdcwrou2f.jpg)
परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन नेपालद्वारा चीनसामू प्रस्ताव
![मोरङमा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(1)_BecRAb2BA9_wrqvcefdonbtodsngq8dmlqzh4rkwchdidldzefltsgnhjgc2ll8f82nnoks_AKtx9Dmew3_asdw9o9wvuxlpp6q5rftzlg1iqqvdmrpmbguxuwbest0hdoaosrwkbhrws0d.jpg)
प्रतिक्रिया