काठमाडौं महानगरविरूद्ध कवाड व्यवसायीको प्रदर्शन
काठमाडौं महानगरपालिकाले अदालतको आदेश नमानेको भन्दै कवाड व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् । महानगरले केही महिना अघि रिङरोडभित्रका कवाड हटाउने निर्णय गरेको थियो । निर्णयको विरोधमा व्यवसायीहरू अदालत गएका थिए ।
अदालतले कवाड व्यवसायीको घर टहराहरूमा क्षति नगर्न र बनाइएको संरचनाहरू नहटाउन भनी दिएको आदेश महानगरपालिकाले अवज्ञा गरेको उनीहरूको आरोप छ ।
महानगरले आफ्नो निर्णय फिर्ता लिएर वार्तामा आए आफूहरू मापदण्डभित्र बसेर व्यवसाय गर्न तयार रहेको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया