युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो–२०२४ आजदेखि सुरु हुँदै
काठमाडौं । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो–२०२४ आजदेखि सुरु हुँदैछ । आज हुने उदघाटन खेलमा आयोजक जर्मनी र स्कटल्यान्डले प्रतिस्पर्धा गर्दैछन । एलिनाज एरेनामा खेल राती पौने एक बजे सुरु हुनेछ । जर्मनीका दस रङ्गशालामा ५१ खेल खेलिने छ । ठिक एक महिना चल्ने युरो फुटबलमा युरोपका सर्वश्रेष्ठ २४ टिमको सहभागिता रहेको छ । यी टिमलाई छ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष दुई स्थानमा रहने दुई टिम र चार उत्कृष्ट तेस्रो स्थानमा रहेका टिम अन्तिम १६ मा पुग्ने छन् । विश्वकपपछि यो फुटबलको सबभन्दा ठुलो मेला मानिन्छ । युरो कप जर्मनीमा तेस्रो पटक आयोजना हुँदै छ । सन् १९८८ मा पश्चिम जर्मनीले पहिलो पटक युरो कपको आयोजना गरेको थियो । त्यसपछि सन् २०२० को संस्करणका केही खेल पनि जर्मनी आयोजक थियो । यसै गरी सन् २००६ मा जर्मनीले विश्वकप फुटबलको पनि आयोजना गरेको थियो । जर्मनी र स्पेनले सर्वाधिक तीन तीन पटक युरो कप जितेका छन् । यसै गरी इटाली र फ्रान्स दुई दुई पटकको युरो विजेता हुन् । यसपालि जर्मनी, इङ्ग्ल्यान्ड, स्पेन र फ्रान्स जस्ता परम्परागत हेभिवेट टिमलाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ । यो पटक पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले आफ्नो छैटौँ युरो च्याम्पियन्सिप खेल्दैछन । रोनाल्डो युरोका छ संस्करण खेल्ने पहिलो खेलाडी बन्न लागेका हुन । युरो च्याम्पियन्सिपमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोलको कीर्तिमान रोनाल्डोकै नाममा रहेको छ ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_TCTAyU084J_1xbq7bbjcijwnqh09gdcxrczfnufw3cxvykf8zfjaqkwzqnahlzpywy7wm1s.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया