झापाका स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, पारिश्रमिक बृद्धि, कर खारेजीको माग
झापाका स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित भएका छन् । दर्ता सहयोगीहरुले विभिन्न माग राख्दै चन्द्रगढी स्थित स्वास्थ्य बिमा बोर्डको कार्यालयमा धर्ना दिंदै आन्दोलन गरेका छन् । उनीहरुले पारिश्रमिक बृद्धि, १५ प्रतिशत कर खारेजी, नियमित पारिश्रमिक पाउनुपर्ने लगायतको माग गर्दै बिमा बोर्ड शाखा कार्यालय चन्द्रगढीमा नारा जुलुस सहित विरोध प्रदर्शन गर्दै धर्ना दिएका हुन् । बिमा दर्ता सहयोगीले धेरै दबाब र समस्याका बीच बिमा सहयोगीहरुले गरेको कामको वर्ष दिनसम्म पनि पारिश्रमिक नपाएको बताएका छन ।
आफ्ना माग सरोकारवाला निकाय समक्ष माग राख्दा सुनुवाइ नभएपछि बाध्यवश विरोध प्रदर्शनमा उत्रिएको दर्ता सहयोगी हरुको भनाई छ । एक प्रतिशत कर काटिँदै आएकोमा १५ प्रतिशत कर काटिएकोमा समेत उनीहरुले आपत्ति जनाएका छन । २०७४ सालदेखि झापाका सबै वडामा दर्ता सहयोगी नियुक्त गरेर ५० प्रतिशतसम्म घरधुरीको बिमा गराएवापत १० प्रतिशत प्रोत्साहन रकम दिने घोषणा गरेको थियो ।झापामा एक सय ७६ जना स्वास्थ्य बिमा सहयोगी रहेको स्वास्थ्य बिमा बोर्ड झापाका प्रमुख लक्ष्मी कणेलले जानकारी दिइन । जिल्लामा सात लाख १३ हजार जना स्वास्थ्य बिमामा आबद्ध भएको जनाइएको छ ।चालू आवमा स्वास्थ्य बिमा सहयोगीको रू ६८ लाख ८३ हजार भुक्तानी गर्न बाँकी रहेको र सोमा कर कटाएर ५८ लाख ६२ हजार भुक्तानी दिन आदेश आएको स्वास्थ्य बिमा बोर्ड झापाले जनाएको छ ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया