कुवेतको माग्फा आगलागीमा ज्यान गुमाउनेको संख्या ४९ पुग्यो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images_2y1a1hbHzM_umykcvwht3v2hxbnoorokte7j95dvjt2ssslxiscwl5aawjdxiyiytnmkmfj_gGiNqHKigl_iwyu5ssnict7ooardlhyalrpqmnznrbxffj4kiyxt147s6vdlkqfqtu34ut0.jpg)
कुवेतको माग्फास्थित मजदुर शिविरमा आगलागी हुदाँ ५ जना नेपालीले झ्यालबाट हाम्फालेर ज्यान जोगाएका छन् । यो आगलागीमा परी मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ । आगलागीको घटनामा हाम्फालेर भाग्दा घाइते भएकामध्ये तीन जना नेपालीको अस्पतालमा उपचार भइरहेको छ । जसमा शिवगुञ्ज–झापाका दोर्जे लामा, सिराहाका शिवशंकर पासवान, दिनेशकुमार मण्डल, सन्तोषकुमार गोटी र जाकिर नदप रहेका छन् । लामा र पसवानलाई अदान अस्पतालमा भर्ना गरिएको छ । कुवेतको एनविटिसी कम्पनीमा कार्यरत श्रमिकहरु वस्ने क्याम्पमा आगलागी भएको हो आगलागीमा मृत्यु भएका अधिकांस भारतीय नागरिक भएको पुष्टि भएको छ । मृतकमध्ये ४१ जना भारतीय रहेको दक्षिण भारत केरला र तमिलनाडुका श्रमिक रहेको द टाइम्स अफ इण्डियाले जनाएको छ । यसैबीच, भारतका विदेश राज्यमन्त्री कीर्तिवद्र्धन सिंह आज कुवेत जादै छन् । राज्यमन्त्री सिंहले आगलागीको कारणबारे कुवेत सरकारसँग बुझ्ने, घाइतेहरुलाई भेट्ने र शवहरुलाई भारत ल्याउने बताइएको छ । आगलागीमा परी भारतीय नागरिकको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई दुई लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।नेपाली दुतावासको अनुसार आगलागीमा नेपाली श्रमिक परे वा नपरेको विषयमा खोजी भइरहेको जनाएको छ । जसमा सबैभन्दा बढी भारतीय श्रमिकहरु रहेका छन् । ४८ जना घाइतेहरुको अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । कम्पनीमा करिव एकसय ९६ जना श्रमिक वस्दै आएका छन् ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया