वेस्ट इन्डिज आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको शीर्ष आठमा
घरेलु टोली वेस्ट इन्डिज आईसीसी टी२० विश्वकप क्रिकेटको सुपर आठमा प्रवेश गरेको छ । आज विहानको खेलमा न्यूजिल्यान्डलाई १३ रनले पराजित गर्दै उनले अन्तिम आठमा स्थान बनाएको हो । खेलमा वेष्ट इन्डिजले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले निर्धारित ओभरमा नौ विकेट गुमाएर १३६ रनमा समेटिएको हो । न्यूजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ४० रन जोडे । फन एलेन २६, मिचेल स्यान्टनरले २१, डार्ली मिचेल १२ तथा रचिन रविन्द्र र जेम्स नीसमले समान १०–१० रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेफ चार, गुडाकेस मोटी तीन तथा आन्द्रे रसल र अकील हुसेनले एक–एक विकेट लिए । त्यसअघि वेस्ट इन्डिजको ट्रिनिडाडस्थित ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४९ रन बनाएको थियो । उसका लागि शेरफेन रथरफोर्डले ६८ रनको योगदान दिए । त्यसबाहेक निकोलस पुरन १७, अकील हुसेन १४, रोमारियो सेफर्ड १३ रन बनाए न्यूजिल्यान्डका ट्रेन्ड बोल्टले तीन, टिम साउथी र लोकी फरगुसनले समान दुई–दुई तथा जेम्स नीसम र मिचेल स्यान्टनरले समान एक–एक विकेट लिए । जितसँगै वेस्ट इन्डिजले तीन खेलबाट छ अंक बटुलेको छ । दोस्रो खेल खेल्दा न्युजिल्यान्ड भने जितविहीन छ । न्युजिल्यान्ड पहिलो खेलमा अफगानिस्तानसँग स्तब्ध बनेको थियो । वेस्ट इन्डिजले समूह चरणको आफ्नो अन्तिम खेल अफगानिस्तानसँग खेल्दैछ । सुपर ८ मा स्थान बनाउने वेस्ट इन्डिज चौथो टोली हो । यसअघि दक्षिण अफ्रिका, अस्ट्रेलिया र भारतले अर्को चरणमा स्थान पक्का गरिसकेका छन् ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया