राष्ट्रसंघ सुरक्षा परिषद्द्वारा इजरायल र हमासबीच युद्धविराम गर्ने प्रस्ताव बहुमतले पारित
इजरायलद्वारा प्रस्ताव अस्वीकार
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(3)_vUmcLnsflP_co41e3gcblbc93tdt1gx1pyqkj8b96dstusqlytds7cxdrtcagyg6vwyw4bg_Tb2luQuPBj_s3hrskban4djywcploqrgwhuwbcrllf3pkonq1vn2i4cu0phgrcxerarrzrz.jpg)
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित भएको छ । अमेरिकाले सुरक्षा परिषद्मा प्रस्ताव गरेको इजरायल–गाजा युद्धविराम योजना पारित भएको हो । सुरक्षा परिषद्का १५ सदस्यमध्ये १४ सदस्यले अमेरिकाले तयार पारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए । रुस भने मतदानमा अनुपस्थित रहेको छ । इजरायलले सो प्रस्तावलाई आत्मसात् गर्ने विषयमा शंका रहेकाले अनुपस्थित भएको रुसको दाबी छ । बन्धक अदान प्रदान, दुवै पक्षबीच स्थायी रुपमा शत्रुता अन्त्य र गाजाको पुनर्निर्माण गरी तीन चरणमा युद्ध विराम गर्ने गरी अमेरिकाले प्रस्ताव ल्याएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो प्रस्तावप्रति सार्वजनिक रुपमै असहमति जनाउँदै गाजाबाट हमासको अन्त्य नभएसम्म सैन्य कारबाही जारी राख्ने बताएका छन । हमासले उक्त प्रस्तावको स्वागत गर्दै आफूलाई साबित गर्ने मौका आएको बताएको छ । इजरायलले गाजा क्षेत्रमा आठ महिना अघिदेखि आक्रमण जारी राखेको छ । जसका कारण उक्त क्षेत्रमा मानवीय संकट उत्पन्न भएको छ । इजरायल र प्यालेस्टिनीबीचको युद्धमा गाजा क्षेत्रमा ३७ हजार ८४ जनाको मृत्यु भएको छ । नुसिरात शरणार्थी शिविरमा शनिबार मात्र इजरायली आक्रमणमा कम्तिमा २ सय ७४ जनाको ज्यान गएको छ ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_TCTAyU084J_1xbq7bbjcijwnqh09gdcxrczfnufw3cxvykf8zfjaqkwzqnahlzpywy7wm1s.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया