चिनियाँ र भारतीय लगानीमा ३ वर्षमा भित्रियो २७ क्विन्टल अवैध सुन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/14_kg_gold_taskari_sun-1702005122_3zJKdPGxPo_22uhpoonok5z8op5fbshp9zybk7bh18nbsa5mavbkhyje0uo5amkyrwke7vl_3XqU3PT6qZ_kdylglc3cck52dusskzlk13tizlnybpgssjg3zrvdl1iruarzbo7pti0moca_PkTwsmNptl_uhdio31m0hdobjowl5my0k4svyksvfddqunjueunvpmapwzsumocikpys8h9.jpg)
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुन तस्करहरुका लागि सहज माध्यमका रुपमा उपयोग भएको तथ्य भेटिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ९सीआइबी०ले गरेको अध्ययनले नेपाल सुन तस्करहरुका लागि अखाडाका रुपमा प्रयोग भइरहेको तथ्य भेटिएको हो । पछिल्लो ३ वर्षमा मात्रै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट २७ क्विन्टल अवैध सुन नेपाल भित्रिएको छ । उक्त परिमाण अझै बढ्न सक्ने सीआइबी स्रोतले जनाएको छ ।
अध्ययनले सुनको अबैध कारोबारमा चिनियाँ र भारतीय नागरिकको संलग्नता देखिए पनि नेपाली नागरिकका प्रयोग भने सुनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट छुटाउनका लागि मात्र विचौलियाको रुपमा भएको देखाएको छ ।
तस्करीका सुन चीनबाट ल्याएर भारतमा लगेर बिक्री गरिन्छ तर यस्ता सुन नेपालमा कम खपत हुने भएपनि विचौलियाले नेपाललाई सुन तस्करीको अखडाको रुपमा प्रयोग गर्दै आएको अध्ययनले देखाएको छ ।
अध्ययनको क्रममा तस्करहरुले विभिन्न उपाय अपनाएर सुन तस्कर गरेको पाइएको छ ।तस्करहरुले पछिल्लो समय मोटरसाइकलको ब्रेक सुदेखि विभिन्न तरिकाबाट अबैध रुपमा सुन भित्र्याउने गरेका छन् ।
सीआईबीका अनुसार सो अवधिमा तत्कालीन मूल्यमा करिव २६ अर्ब रुपैयाँ बराबरको सुन अबैध रुपमा त्रिभुवन विमानस्थलबाट नेपाल भित्रिएको छ । सोवापत सरकारले सुन आयातको १५ प्रतिशत ९यो बजेटभन्दा अघि० भन्सार राजस्ववापत करिव ४ अर्ब रुपैयाँ बराबरको राजस्व गुमाएको छ ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_TCTAyU084J_1xbq7bbjcijwnqh09gdcxrczfnufw3cxvykf8zfjaqkwzqnahlzpywy7wm1s.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया