प्रधानमन्त्री दाहाल आज भारतबाट स्वदेश फर्कदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dahal-1696055117_4uutuJib3a_xutjqsgcfc6uq8t0zfddatnm6rgl6pbfppxc7xk4hpv9qhykxrdaskfgx28g_FCfP7bM9ox_zpim11jyudvdjljweqxbnmwvoeg45fnfdwxbyc0xx99yak8ltrfc4bm0rlpq.jpg)
प्रधानमन्त्री पुष्पकमल दाहाल भारतबाट आज स्वदेश फर्किने भएका छन् । स्वदेश फर्किनुअघि उनले भारतीय राष्ट्रपति मुर्मुसँग भेटघाट गर्नेछन् । त्यसबाहेक विदेशमन्त्रीको जिम्मेवारी पाउने नयाँ मन्त्रीले दाहाललाई उनी बसेको होटल ताज प्यालेसमा भेट्ने तय भएको छरु। भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन गएका उनी स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि आइतबार राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन । आइतबार शपथ समारोहपछि राष्ट्रपति भवनमै मोदीसँगको संक्षिप्त शिष्टाचार भेटमा दाहालले बधाई दिएका हुनरु। भेटमा शुभकामनासँगै द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ । भेटमा प्रधानमन्त्री दाहालले समकक्षी मोदीलाई अनुकूल समय पारेर नेपाल भ्रमणको निम्तोसमेत दिएको दिल्लीस्थित दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छरु। हिजै प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपति द्रैपदी मुर्मुले दिएको रात्रिभोजमा सहभागी भएका थिए । राष्ट्रपति भवनको प्राङ्गणमा आइतबार राति आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ गराएपछि राष्ट्रपति मुर्मुले रात्रिभोजको आयोजना गरेकी हुन । रात्रिभोजका अवसरमा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच संक्षिप्त कुराकानी पनि भएको जनाइएको छ ।।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_lfoxjRujhC_qsr7ygmsbhhrptedakkl0rdt2uc6r3nk02pdrk1z7uq3xuwrnjsctbggum5y.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया