८१/८२ को मौद्रिक नीतिको लागि राष्ट्र बैंकले थाल्यो तयारी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Rastra-Bank_ebQpRTA4Ga_djyc004lcrr3oxf61w4i4szrmn9dtzaa5zca1uca8eloq5uuuoginppm8gan_Rz3fqjUC8I_sgi6z3lju8cukf8dd2qkxmsppwzairkp770bnxjlx2gohekhduxoll6m8rkw_0povgRjnJe_vnjgm8pf7wub6twsowi5l884enhltvznznjbhtbonso9ke5mpczax4akovig_tIHzoIpNy9_hmah0fyddn32lhzhpki0ie8mvlgyzedmr4wublz43vxp6zmr0kfxpj14fhr9.jpg)
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको लागि तयारी थालेको छ । आर्थिक वर्ष सकिन लागेसँगै केन्द्रिय बैंकले तयारी थालेको हो । केन्द्रीय बैंकले आज मौद्रिक नीति तर्जुमाको लागि सरोकारवालाहरुसँग सुझाव माग गरेको छ । सूचना अनुसार राय सुझाव केन्द्री बैंकको आर्थिक अनुसन्धान विभागमा असार १६ गतेभित्र पेश गर्न सूचित गरिएको छ । केन्द्रीय बैंकले आगामी आवको मौद्रिक नीतिमा केही लचिलो नीति लिन पूर्व संकेत दिएको छ । यसअघिको सार्वजनिक कार्यक्रममा पनि गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा थप लचकता अपनाइने कुरा बताइसेका छन् । अहिले अर्थतन्त्र चलयमान हुन नसकेको अवस्थामा केन्द्रीय बैंक पनि अर्थतन्त्र चलायमान हुने गरी खुकुलो नीति तर्जुमा गर्ने तयारीमा छ। सरकारले यसअघि कित्ताकाट खोले पनि घरजग्गा कारोबारमा उत्साह नदेखिएको, शेयर बजार निरन्तर घटिरहेको, अटो बजारमा अपेक्षित रूपमा सुधार हुन नसकिरहेको बेला केन्द्रीय बैंक पनि लचिलो मौद्रिक नीति ल्याउनु पर्ने दबाबमा छन् भने सरोकारवाला पनि केहि नीतिगत खुकुलोपन आउने अपेक्षामा छन् । समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पु¥याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पु¥याउने उद्देश्य राखेको हुन्छ ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_lfoxjRujhC_qsr7ygmsbhhrptedakkl0rdt2uc6r3nk02pdrk1z7uq3xuwrnjsctbggum5y.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया