विद्यार्थी पक्राउको विरोधमा मोरङमा विद्यार्थीको हिंसात्मक प्रदर्शन
आधा दर्जन सरकारी गाडीमा आगजनी
महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस स्ववियु सदस्य दीपक यादवको रिहाइ माग गर्दै विद्यार्थीहरूले सरकारी गाडीमा आगजनी गरेका छन् । आज विराटनगरस्थित क्याम्पस अगाडी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्करपियो गाडीमा आगजनी भएको हो । रंगेली नगरपालिकामा भएको अपारदर्शी गतिविधिको विरोध गरिरहँदा स्ववियु सदस्य यादवसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा विद्यार्थी आन्दोलित भएका हुन । यसक्रममा विद्यार्थीहरूले ६ वटा गाडीमा आगजनी र तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी चढेको गाडी क्याम्पसको मुलद्वारअघि तोडफोड गर्दै आगजनी गरिएको हो । त्यसैगरी, नेकपा एमाले जिल्ला पार्टी कार्यालय नजिक एक पार्टी प्यालेसमा पार्किङमा राखिएको ५ वटा गाडी तोडफोड भएको छ । नेपाल विद्युत प्राधिकरणको कार्यक्रम चलिरहँदा राखिएको गाडीमा तोडफोड भएको हो । प्रहरीका अनुसार बा ए.बी ८१८०, बागमती प्रदेश ०१–०० ञ २७०१, बा १ ञ २४१९, बा ००१ ञ २९९० र बा १ ञ १८८७ नम्बरको गाडीमा तोडफोड गरिएको छ । रंगेली नगरपालिकाले शिक्षक नियुक्ती, नीजी विद्यालयको शुल्ककम गनुपर्ने विषयमा केही दिनअघि अपरादर्शी रूपमा काम गरेको जनाउँदै विद्यार्थी केही समयदेखि आन्दोलित छन । सो क्रममा छ जना विद्यार्थीमाथि मुद्दा प्रक्रिया अघि बढाएपछि आज प्रदर्शन भएको हो ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_lfoxjRujhC_qsr7ygmsbhhrptedakkl0rdt2uc6r3nk02pdrk1z7uq3xuwrnjsctbggum5y.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया