टी–ट्वान्टी विश्वकप क्रिकेटमा वेस्ट इन्डिजको दोस्रो जित
युगाण्डा एक सय चौतिस रनले पराजित
![](https://snowberry.prixacdn.net/media/gallery_folder/West_sJwPwkbRdn_XuqfzUKdXa_gzwvcazfritcfc7qdapqibsvtrn9j4jdqj3vambozihabpvs3zikafdqbflr_xVfVD45HGB_twprjeqanq2qvv2owg5vnbnsa6odjgpgp6jzjvxnolayepnr7xsmp5zfhc6l.jpg)
आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ’सी’ को खेलमा वेस्ट इन्डिजले युगाण्डालाई एक सय ३४ रनले हराएको छ । वेस्ट इन्डिजले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको युगाण्डा १२ ओभरमा ३९ रन मात्रै बनाएर अलआउट भएको हो । युगाण्डाका लागि जुमा मियागीले अविजित १३ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । वेस्ट इन्डिजका अकेल होसेनले सर्वाधिक पाँच विकेट लिए । यस्तै अलजारी जोसेपले दुई, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक विकेट लिए । यसअघि गुएनाको प्रोभिडेन्स रङ्गशालामा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७३ रन बनायो । वेस्ट इन्डिजका लागि जोनसोन चाल्र्सले सर्वाधिक ४४ रन बनाए र आन्द्रे रसेलले ३० रन बनाए । युगाण्डाका ब्रायन मसाबाले दुई विकेट लिए । यस्तै अल्पेश रामजानी, कोसमस केयूटा र दिनेश नक्रानीले समान एक विकेट लिए ।यो जितसँगै वेस्ट इन्डिज चार अंकसहित समूहको दोश्रो स्थानमा छ । समान अंक भएको अफगानिस्तान समूहको शीर्ष स्थानमा छ । दुई खेलमा एक जित र एक हार खेलेको युगाण्डा दुई अंकसहित समूह तालिकाको तेश्रो स्थानमा यथावत् छ ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया