सुमनालक्षित अभिव्यक्तिमा ओलीको प्रष्टीकरण: त्यो कसैसँग सम्बन्धित छैन, नाम-ठेगाना मिलेजस्तो लाग्दैन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दिएको अभिव्यक्ति शिक्षा मन्त्री सुमना श्रेष्ठसँग सम्बन्धित नभएको प्रष्टीकरण दिएका छन्। शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूले कसैसँग पनि अनावश्यक विवादमा गर्न नचाहेको बताए ।
केही समयअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्ने ओलीले अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री श्रेष्ठले पनि त्यसको प्रतिवाद गरेकी थिइन्। ओलीप्रति लक्षित गर्दै श्रेष्ठले महिलालाई हेर्ने मानसिकता विकराल रहेको बताएकी थिइन्।ओलीले दिएका अभिव्यक्तिप्रति रास्वपा सांसद शिशिर खनालले प्रतिनिधि सभा बैठकमै कुरा राखेका थिए।
तर, ओलीले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूलाई कुरा गर्दै आफूलाई त्यसमा जोड्नुको अर्थ नहुने बनाए। त्यसबारे उनले भने, ‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ।’
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया