नवनियुक्त मुख्यमन्त्री सिंहद्धारा १४ सदस्यीय मन्त्रिमण्डल गठन
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नयाँ मुख्यमन्त्री चयन भएकै दिन सिंहको नेतृत्वमा प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले कार्य जिम्मेवारीसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी हुन् ।
मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कार्य विभाजनसहित मन्त्रिपरिषद् गठन गरेको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार सिंह नेतृत्वको मन्त्रिपरिषद्मा सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् ।
यस्तै भरत प्रसाद साह अर्थमन्त्री, गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी, युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या, बेची लुंगेली ऊर्जा, सिँचाइ तथा खानेपानी, प्रमोद कुमार जयसवाल खेलकुद तथा समाज कल्याणमन्त्री बनेका छन् ।
यसैगरी विमला अन्सारी गृह, सञ्चार तथा कानुन, उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बनेका छन् ।
भागवण्डा मिलाउन मुख्यमन्त्री सिंहले तीनजना राज्यमनत्रीसमेत बनाएका छन्। स्वास्थ्य तथा जनसंख्याराजयमन्त्री केशव राय, शिक्षा तथा संस्कृतिराज्यमन्त्रीमा शारदादेवी थापा र मञ्जुकुमारी मण्डलले विनाविभागीय राज्यमन्त्रीका रूपमा शपथ लिएका छन्।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_TCTAyU084J_1xbq7bbjcijwnqh09gdcxrczfnufw3cxvykf8zfjaqkwzqnahlzpywy7wm1s.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया