संसदमा छलफल भइरहेको विषय थाह नपाउँदा संसद बने हाँसोको पात्र
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Rajendra-kc-1717666519_Y1255C5Jbh_9qpwsqertaunkowrlmqtasdddteb2lrpukvqonnrnm4zbzessdltox6ayxpx_3RnAnYsPnW_98ya1lpudpl4akitffyv1kjjidqwkokuwpdcf59m5ygavsjvdhrdlffkwrto.png)
संसदमा छलफल भइरहेको विषय प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राजेन्द्र केसी हाँसोको पात्र बन्न पुगेका छन् । प्रतिनिधिसभा बैठकमा बिहीबार विनियोजन विधेयक २०८१ माथि भैरहेको छलफलमा सांसद केसीले सुरक्षण मुद्रणसम्बन्धी विधेयक भनाई राख्न थालेपछि उनि हाँसोको पात्र बनेका हुन् ।
बिहिबारको बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले कांग्रेस सांसद राजेन्द्र कुमार केसीलाई बोल्न समय दिइन्। उनी रोष्ट्रममा पुगेर बोल्न थाले(‘शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको राष्ट्रिय सभामा उत्पति भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयकमा हामी छलफल गर्दैछौं। यो अत्यन्तै संवेदनशील विषय हो।’
यति भनेपछि सांसदहरुको हाउभाउबाट उनले विषय फरक परेको महसुस गरे र केहीबेर रोकिए। त्यसपछि उपसभामुख रानाले भनिन्,‘माननीय सदस्य विनियोजन विधेयक हो।’ त्यसपछि केसीले सोधे, ‘सुरक्षण मुद्रण होइन ररु’ फेरि उपसभामुख रानाले दोहोर्याइन्, ‘विनियोजन विधेयक २०८१’ ।
अनि सांसद केसी हाँसे र भने ‘विनियोजन विधेयकमा केही कुरा राख्न चाहन्छु।’ तर तयारी नपुगेकाले बजेटबारे उनले बोलेनन् र सुरक्षण मुद्रणबारे बोल्ने भन्दै रोष्ट्रमबाट फर्किए।
संसदमा बिहीबार सुरक्षण मुद्रण विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची पनि थियो । तर संसद केसी विनियोजन विधेयक २०८१ माथि भैरहेको छलफलमा हाँसोको पात्र बन्न पुगेका छन् ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया