मोदीले शनिवार प्रधानमन्त्रीको सपथ लिने, प्रधानमन्त्री दाहालपनि सहभागी हुने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/modi_PtBEfdUpgJ_lpqwbbkummicrpkxcmvbmp9wyqcbtcozzvquqt33vpplikw9p1f9t48getyd_NonDcbaugU_pnfxhbeq7mwdw4ff3rzpmni7nu2it6qzfjdfb6dqgbhndeoj0dhclg7ldw98_X9R9HYrLFn_s85tz83gc7dobdok2qgdtcbvwwahueljzkiozfs8nw7nnexaazubuixknorh_VGKl3kJayQ_lehk1e1jcjdpowhgc3lshne74hrp7h3dnzf3uuusrf14hjyctfetawtwxt8e.jpg)
प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबारमा तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने भएका छन् । यसैविच प्रधानमन्त्री पुष्पकमल दाहालपनि मोदीले तेस्रो कार्यकालका लागि लिने सपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री दाहाल, भुटानी राजा, श्रीलंकाका रास्ट्रपति, बंगलादेश तथा मौरिससका प्रधानमन्त्रीहरु पनि सपथ ग्रहण समारोहमा सहभागी हुने बताइएको छ । सन् २०१४ मा एकल बहुमत आएको सरकार बनाएर सपथ गरेका मोदीले विदेशी सरकार तथा रास्ट्रप्रमुख बोलाएका थिए । त्यो बेला उनले सार्क देशलाई निम्तो दिएका थिए । यो पटक अफगानिस्तान र पाकिस्तान बाहेकका सरकार प्रमुखलाई निम्ता दिइएको छ । प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधबार बसेको भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा सहमति भएको छ । बैठकमा जनता दल युनाइटेड प्रमुख नीतीशकुमार र तेलुगु देशम पार्टी टीडीपी प्रमुख एन चन्द्रबाबु नायडूको सहभागितालाई महत्त्वपूर्ण कदम मानिएको छ । भाजपालाई सरकार बनाउन उनीहरूको दलको समर्थन महत्त्वपूर्ण छ । यसपटकको लोकसभा निर्वाचनमा भाजपा बहुमतको आँकडा दुई सय ७२ भन्दा ३२ सिटले पछि परेको छ र सरकार बनाउन उसले आफ्ना सहयोगीमा निर्भर रहनुपर्नेछ । भारतको निर्वाचन आयोगले मङ्गलबार सार्वजनिक गरेको नतिजा अनुसार भाजपाले दुई सय ४० सिट र काङ्ग्रेसले ९९ सिट जितेका छन् । भाजपाले सन् २०१९ को आम चुनावमा तीन सय तीन र सन् २०१४ को आम चुनावमा दुई सय ८२ सिट जितेको थियो । यसैबीच केन्द्रीय मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति द्रौपदी मुर्मूले बुधबार १७ औँ लोकसभा विघटन गरेकी छन् । यसअघि प्रधानमन्त्री मोदीले आफ्नो मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपति मुर्मूलाई बुझाएका थिए । राष्ट्रपतिले राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्री र उनको मन्त्रिपरिषद्लाई निरन्तरता दिन आग्रह गरेकी छन् ।।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया