खाद्यान्न आयातमा अग्रिम आयकर हटाउन उद्योगी व्यवसायीको माग
नेपाल चामल तेल दाल उद्योग संघले २०८१/८२ को आर्थिक विधेयकमार्फत दाल लगायतका खाद्यान्रुन आयातमा १० प्रतिशत अग्रिम आयकर हटाउन माग गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले सरकारी प्रावधान सरकारले नसच्याए ६ महिनाभित्र खाद्यान्रुन उद्योग बन्द हुने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडले नयाँ कर नीतिले खाद्यान्रुनको भाउ २० प्रतिशतसम्म महँगिने भन्दै यसवाट उद्योगीसँगै उपभोक्ता पनि समस्यामा पर्ने बताए । त्यस्तै मैदा उद्योगले आयात गर्ने कच्चा पदार्थ गहुँमा लागेको दुई दशमलब पाँच प्रतिशत अग्रिम आयकर थेग्न नसक्ने जनाएको छ । उद्योगको कच्चा पदार्थ गहुँमा लागेको अग्रिम आयकर हटाउन उनीहरुको माग छ ।
उद्योगीले धानमा साढे २७ प्रतिशतसम्म कर लाग्ने अवस्थामा थप कर लगाउँदा उद्योग धरासायी हुने बताएका हुन । उद्योगहरू अहिले ३०–४० प्रतिशत संचालन भइरहेको अवस्थामा उद्योग जोगाउन १० प्रतिशत अग्रिम कर हटाउनुपर्ने उनीहरुको माग छ । दाल उद्योगको हकमा भारतबाट आयात हुने तयारी दालमा भने अग्रिम कर नलागेको तर नेपालमै दाल उत्पादन गर्ने उद्योगले आयात गर्ने कच्चा गेडागुडीमा अग्रिम कर लागेको हुँदा यसले स्वदेशी उद्योग मर्कामा पर्ने व्यवसायीको भनाइ छ ।सरकारले दाल, चामल र मैदा उद्योगको कच्चा दाल, गेडागुडीमा १० प्रतिशत तथा धान र गहुँ आयातमा २.५ प्रतिशत अग्रिम आयकर लगाउने नीति लिएको छ । सरकारको यो नीति अव्यवहारिक भएको भन्दै फिर्ता लिन उद्योगीको माग छ ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_TCTAyU084J_1xbq7bbjcijwnqh09gdcxrczfnufw3cxvykf8zfjaqkwzqnahlzpywy7wm1s.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया