कालो झण्डा देखाउनेलाइ प्रचण्डको चेतावनी: कालो झण्डा देखाएर ब्लण्डर गर्नुभयो
पोखराको सभागृहमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डलाई सहकारी पीडितले कालो झन्डा देखाएका छन् । केही दिनदेखि पोखरामा विरोध प्रदर्शन गर्दै पोखराका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले प्रधानमन्त्रीलाई कालो झन्डा देखाएका हुन् । सहकारी पीडित २ वर्षदेखि आन्दोलनमा रहँदा पनि सरकारले कुनै चासो नदिएको भन्दै उनीहरुले कालो झण्डा देखाएका हुन्।पीडितले यसअघि प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै सहकारी ठगीमा संलग्नलाई कारबाही गर्न र बचत फिर्ता गर्न माग राखेका थिए। कालो झन्डा देखाएपछि प्रहरीले पीडितहरुमाथि दमन गरेको छ। आन्दोलनमा उत्रिएका ११ जना पीडितलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
यसैबिच कार्यकर्ता प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सहकारी पीडितलाई कालो झण्डा देखाएर ‘ब्लण्डर’ गरेको बताएका छन्।प्रशिक्षणमा बोल्दै उनले ५ लाख भन्दा कम बचत भएका सहकारी पीडितलाई फिर्ता दिन सरकारले बजेटमै ल्याएको बताए।
‘५ लाख भन्दा कम बचत भएकालाई पैसा दिने भनेर सरकारले बजेटमै योजना ल्याएको छ। त्यहाँ बाहिर कालोझण्डा देखाउनुभयो। कालो झण्डा देखाउनुहुने साथीले ब्लण्डर गर्नुभयो। यस्तो बुद्धितिर नलाग्नुहोला, तपाइहरुको पक्षको सरकारलाई,’ उनले भने।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया