कोशी सरकारविरुद्ध परेको रिटमा सर्वोच्चको पुर्ण इजलासमा सुनुवाइ हुने
जेठ सत्ताईस गतेका लागि पेशी तोकियो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(4)_Ybc3koxCcS_fztskbn6xtseyuqcssfdu8hr7zwyilibahgsdftpfx0t4hzyopbzatcxsxq4_s85KcX6v8x_jyylhqwi2vnzykftc9xd1rflncjugjektpu3l9jr4pgv2t90pms7txiydc8q.jpg)
कोशी प्रदेशको सरकार गठनसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नेतृत्वमा सरकार गठन प्रक्रियाप्रति असहमति जनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए । आज उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको हो । इजलासले नै यो रिटको पेसी जेठ २७ गतेका लागि तोकिदिएको छ । सरकारलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएको एक महिनासम्म पनि प्रदेशसभाबाट विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई पदमुक्त गरेका थिए । कार्कीलाई पदमुक्त गरेर सरकार गठनको प्रक्रिया सुरु गरिएको थियो । जसअन्तर्गत हिक्मत कुमार कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यसमा विमति जनाउँदै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले हिक्मत कार्कीलाई पदमुक्त गरी आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । केदार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । उक्त व्यवस्था प्रदेश सरकार गठनको अन्तिम विकल्प भएकाले आफूलाई हटाउने निर्णय असंवैधानिक रहेको उनको जिकिर छ ।।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया