सत्तासिन पार्टीमै छलफल नभएको बजेट कसरी निर्माण भयो ? राजेन्द्र पाण्डे
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले अर्थमन्त्री वर्षमान पुनलाई वामपन्थी सांसदको बाहुल्यता भएको सरकारले ल्याएको बजेट कस्तो खालको हो भनि प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा बोल्दै उनले अर्थमन्त्रीको जवाफ माग गरेका हुन् ।
“९० प्रतिशतभन्दा बढी वामपन्थी सांसद भएको सरकारले ल्याएको बजेट । कम्युनिस्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री, कम्युनिस्ट पार्टीकै नेता अर्थमन्त्री, कम्युनिस्ट पार्टीको धेरै संख्या भएको सरकारले ल्याएको यो बजेट वामपन्थी विचार र कार्यक्रम अनुसारको हो कि ? समाजवाद उन्मुख बजेट हो कि ? पुरानै परम्परालाई निर्वाह गर्न ल्याइएको बजेट हो ? यो म जान्न चाहन्छु, माननीय मन्त्रीज्यूसँग,” पाण्डेले भने ।
हँसिया र हथौडा लिएर किसानका लागि उभिएकाले के गर्यौँ ? रोजगार नपाएकालाई कस्ता कार्यक्रम ल्यायौँ भन्ने कुरामा मन्त्रीको ध्यान पुग्यो कि पुगेन भन्दै उनले प्रश्न गरे । उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै बजेटको आलोचना गरेको उल्लेख गरे । “यो बजेट निर्माणमा सत्तासिन पार्टीमा पनि छलफल भएन भने बजेट कसरी निर्माण भयो त ?” पाण्डेको प्रश्न छ ।
कृषिमा उत्पादन र उत्पादकत्व बढाउने भने पनि बजेट घटाइएको उनको भनाइ छ । कृषि दशक भने पनि कार्यक्रम नभएको टिप्पणी गरे । कर प्रणालीमा केही विरोधाभास देखिएको उनको भनाइ छ ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_TCTAyU084J_1xbq7bbjcijwnqh09gdcxrczfnufw3cxvykf8zfjaqkwzqnahlzpywy7wm1s.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया