बोलेनप्रति योगेशको भद्धा टिप्पणी: ओलीमाथि मजाक गर्नु आफ्नै आमाको अस्तित्वमाथि चिथोर्नु सरह
सत्तारुढ दल नेकपा एमाले प्रतिनिधि सभाको बैठकमा काठमाडौँ महानगरप्रमुख बालेन शाहमाथि आक्रोशित भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै एमाले सचिव एवं सांसद योगेश भट्टराईले बालेनमाथि खनिएर विभिन्न आरोप लगाए ।
बैठकमा बोल्नका लागि पाएको १७ मिनेट समयमा भट्टराईले अधिकांश समय बालेनविरुद्ध खनिएर सके । उनले एमाले अध्यक्ष ओलीमाथि मजाक गर्नु आफ्नै आमाको अस्तित्वमाथि चिथोर्नु सरह भएको टिप्पणी गरे । जुन नेताहरू जेल बसेर, लडेर लोकतन्त्र ल्याए तिनै नेताहरुविरुद्ध मजाक गर्नु ‘आफ्नै आमाको अस्तित्वमाथि, अस्मितामाथि बारम्बार तपाई नङ्ग्याउने काम गरेको आरोप लगाए । संसद्मा भएका प्रमुख नेताहरूको नाम लिँदै उनले भने, ‘उहाँहरू नै जेल बसेर, अनि उहाँहरूको उत्तराधिकारी हामी लोकतान्त्रिक आन्दोलनमा लागेर यो व्यवस्था ल्याएका हौं । त्यसवापत आज तपाईं काठमाडौं महानगरपालिकाको प्रमुख हुनुभएको छ । अनि नेताहरूको जेल बसाइँलाई तपाईं मजाक उडाउने ?’
‘त्यो मानिस मात्र देशभक्त हुन्छ, जसले आफ्नो इतिहासप्रति गर्व गर्छ, आफ्नो देशप्रति गर्व गर्छ’ इतिससको भत्र्सना गर्नेहरू देशभक्त हुन नसक्ने भन्दै उनले भने, ‘आज केपी ओली जेल बसेको कुरालाई तपाईं उडाउँदै हुनुहुन्छ । म भन्न चाहन्छु, यदि यस ढंगले भण्डाफोर गर्ने हो भने आफ्नै आमाको अस्तित्वप्रति चिथार्दै हुनुहुन्छ ।’
‘यी नेताहरूले लडेर ल्याएको लोकतन्त्र हो । यिनै नेताहरूलाई बद्नाम गर्दै हुनुहुन्छ । यो आफ्नै आमाको अस्मितामाथि प्रश्न उठाए जस्तै हो । बालेनजीलाई भन्न चाहन्छु, तपाईंको आमा पवित्र हुनुहुन्छ, तपाईंको आमाप्रति शंका नगर्नुस् । तपाईंका गतिविधिले आफ्नै आमाको अस्मितामाथि बारम्बार प्रश्न गर्दै हुनुहुन्छ भने यो समाजलाई तपाईं कता लैजाँदै हुनुहुन्छ ।’
उनले साइबर ग्याङबाट राजनीतिमा सधैँ नटिकिने टिप्पणी समेत गरे । संसद्मा यति बोलेकै कारण आफूमाथि साइबर ग्याङले लखेट्न खोज्न भन्दै उनले नडराउने बताए ।
क्षणिक मनोरञ्जन भए पनि साइबर ग्याङले राजनीतिले थाक्न नसक्ने एमाले सचिव भट्टराईले भने, ‘आजको आधुनिक एमाले र त्यसको अध्यक्ष केपी ओली आजको अभिमन्यू हो, घेरामा तोड्न पनि आउँछ, घेराभित्र पस्न पनि आउँछ ।’
उनले काठमाडौं महानगरको प्रमुख हो भन्ने नभुल्न र कानुनले दिएको सीमामा बस्न आग्रह गरे । यो व्यवस्था ल्याउन मरिमेटेको एमाले र त्यसको नेतृत्वमाथि गालीगलौज नगर्न चेतावनी दिँदै एमाले सचिव भट्टराईले भने, ‘आफैं आकासतिर थुकेपछि त्यो कहाँ झर्छ भन्ने बालेनजीलाई राम्रोसँग थाहा होला ।’
अमेरिकी एयरफोर्सका विमान बारम्बार किन आइरहेका छन् ? सांसद घर्तीमगर
![फणीन्द्र देवकोटामाथिको कारबाहीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/1719215400_Phanindra-Devkota%2520Final-1200x560_AsoVqMYi1n_zlct8ihqp2oelx7coj7oetz5bqqsmxyclkrdmhsehqcsnqv1mjhrqx3jk1zf_i3Rv9RDdj8_yeycuburkwlkzgpb1ykacuf7vmim17b575dcxvlq208rxjme4tjdlscv5wqs.jpg)
फणीन्द्र देवकोटामाथिको कारबाहीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
![राजदूत नियुक्ती सिफारिस गर्न मन्त्रिपरिषदको बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/cabinet_Y06Mm3Aem3_f7dyaapfzlqbu46tbkvfny1mlhasl89zmt1c8nzynp6ff0vhalth9qflbssv_gywUQeSzP3_2ko1kdhvywqezasaav0rabjmi1v0txq0z9nnqz0xj6h40t04abthjidnibqb.jpg)
राजदूत नियुक्ती सिफारिस गर्न मन्त्रिपरिषदको बैठक बस्दै
स्वस्थ मानसिकताका लागि योगले निर्णय क्षमतामा वृद्धि गर्छ: रवि लामिछाने
भौतिकमन्त्रीमाथि ज्ञानेन्द्र शाहीको आक्रोश: कर्णालीलाई विभेद गर्न पाइदैन !
रास्वपाका सांसदहरु राष्ट्रिय टीमको जर्सी लगाएर संसद बैठकमा
चप्पल, हाफ पाइन्ट लगाएका जनतालाई संसद र सिंहदरबारमा किन रोकियो? सांसद न्यौ…
![रोजगार बैंक स्थापना गरिने, प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ६ अर्ब बजेट](https://snowberry.prixacdn.net/media/gallery_folder/pm-rojgar-karyakram_LaayT4HgZi_2so659q7gpmgcx8yyr2w6vbidvfi6hissulcp4ggetgk1n9lhgjnja8euadn_N16wtoi4Yj_prn1yruavpwi49fbyusy0zrphghkkr0q7xjevx5rklxkwfoco7ezpcr65zr8.jpg)
प्रतिक्रिया