नेपाल र नेदरल्याण्डविचको क्रिकेट हेर्न ठुलो संख्यामा नेपाली डल्लासमा
राम्रो प्रदर्शन गर्ने कप्तान पौडेलको प्रतिक्रिया
आज बेलुका हुने नेपाल र नेदरल्याडसको विश्वकप क्रिकेट हेर्न ठुलो संख्यामा नेपाली दर्शक डल्लासको रंगशाला पुग्ने भएका छन । क्रिकेट प्रतियोगिताका लागि सबै टिकट बिक्री भैसकेको बताइएको छ । टेक्सास राज्य विशेष गरी यसको प्रमुख सहर डालासमा बाक्लो संख्यामा नेपाली रहेका कारण टिकट पहिले नै बिक्री भएको हो । नेपाली क्रिकेटले विश्वकप खेल्न लागेको अवसरलाई महोत्सवको रूपमा लिएको हुनाले सबै रंगशालामा गएर हेर्न खोज्दा पनि टिकट अभाव देखिएको बताइएको छ । आज बेलुका नेपाल र नेदरल्यान्ड्सबीच १५ हजार दर्शक क्षमताको डालासको ग्रान्ड प्रेरीमा हुने खेलमा दर्शक भरिभराउ हुने अनुमान गरिएको छरु। नेदरल्यान्ड्ससँगको खेलमा ९० प्रतिशत दर्शक नेपाली हुने अपेक्षा अमेरिकामा रहेका नेपालीहरुले गरेका छन । नेपाली टोलीको समर्थन गर्न युरोप र अष्ट्रेलिया लगायतवाट समेत नेपाली अमेरिका पुगेक छन । नेपाल र नेदरल्याडसविच हुने खेलको टिकट १ सय ९५ डलरसम्ममा बिक्री भएको छ । अमेरिकामा भएको खेलको टिकट ३५ डलरबाट सुरु भएपनि नेपालको पहिलो खेलको टिकट भने पहिले नै सकिएको हो ।
कप्तान पौडेलको प्रतिक्रिया
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान रोहित पौडेलले विश्वकपको खेलअगाडि आफूहरू उत्साही रहेको प्रतिक्रिया दिएका छन् । नेदरल्यान्डसँगको खेलअगाडि प्रतिक्रिया दिँदै कप्तान पौडेलले सबै नेपाली खेलाडीहरू खेलका लागि उत्साही रहेको प्रतिक्रिया दिएका हुन । विश्वकपमा राम्रो प्रदर्शन गरेर गौरव गर्न सक्ने वातावरण बनाउने उनको भनाइ छ ।
कप्तान पौडेलले नेपाली टिम सन्तुलित र सबै जना उत्तिकै क्षमतावान रहेको पनि बताए । नेदरल्यान्डस पनि उत्तिकै राम्रो टिम भएको उल्लेख गर्दै पौडेलले कारण दबाब झेल्न सक्ने टिम नै विजयी हुने समेत बताए । उनले आफूहरूले विश्वकपका खेलका लागि योजना बनाएको र त्यसको कार्यान्वयन गर्न सके जित निकाल्न सक्ने प्रतिक्रिया दिए । १० वर्षपछि विश्वकप खेल्न पाउँदा उत्साहितसँगै जिम्मेवारी बोध नेपाली टोलीमा रहेको उनको भनाइ छ । कप्तान पौडेलले मैदानमा दर्शकहरूको समर्थन पाउनेमा पनि आफू आशावादी रहेको बताए ।
,
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया