पेटीको लागि महानगरको भत्काएको सडकमा सडक विभागको कालोपत्रे
काठमाडौँ महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक विभागले हस्तक्षेप गरेको छ । सडक विभागले आज बिहानदेखि महानगरले बनाउन थालेको फुटपाथमा कालोपत्रे अर्थात पिच गरेको हो । सडक विभागले पिच शुरु गरेपछि महानगर प्रहरी सो क्षेत्रमा गएर काम रोक्न प्रयास गरेपछि तनाव भएको हो । अहिले केहि स्थानीयहरू महानगरको योजनाको विरुद्ध देखिएपछि तनाव बढेको छ । यस अघि एमालेसम्बद्ध स्थानीयले महानगरको फुटपाथ बनाउने योजनामा अवरोध गरेको भन्दै मेयर बालेन शाहले एमाले अध्यक्ष केपी ओलीलाई गिरिबन्धुमा गरेको नीतिगत भ्रष्टाचारको विषयलाई विषयान्तर गर्न न्यूरोडको फुटपाथ बनाउने योजनाको विरोध गरेको आरोप लगाएका थिए ।सडक टाल्ने काममा महानगर प्रमुख शाहका समर्थकले अवरोध गरेपछि विवाद सिर्जना भएको हो । प्रमुख शाहको निर्देशनमा जेठ १२ गते पीच काटिएको थियो । सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनको अल्टिमेटम दिएर सडक जस्ताको तस्तै पार्न भनेको थियो । तर, महानगरले नबनाएपछि सडक विभागले सडक टाल्न सुरू गरेको थियो।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया